विशेष अदालतले हुम्लाका तत्कालीन प्रहरी प्रमुख, डीएसपी त्रिलोकबहादुर चन्द र सई माधवचन्द ठकुरीलाई तीन/तीन वर्ष कैद सजाय र जनही १५ लाख ४५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।
काठमाडौँ– विशेष अदालतले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) त्रिलोकबहादुर चन्द र प्रहरी नायब निरीक्षक (सई) माधवचन्द ठकुरीलाई कैद सजाय र जरिबाना तोकेको छ। विशेष अदालतले आइतबार भ्रष्टाचार मुद्दामा दुवै जनालाई ३–३ वर्ष कैद सजाय सुनाइएको हो।
विशेष अदालतका अनुसार जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिबाना तोकिएको छ। साथै, उनीहरूबाट प्रतिव्यक्ति ३२ हजार १ सय ५० रुपैयाँ असुलउपर हुने फैसला सुनाइएको छ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला सुनाएको हो। विषेशले २०७९ चैत २९ गते भ्रष्टाचार मुद्दामा दुवै जनालाई दोषी ठहर गरेको थियो भने आइतबार उनीहरूविरुद्ध सजाय निर्धारण गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन १३ गते पूर्वडीएसपी चन्दसमेत सई ठकुरी र थप तीन जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो। अन्य तीनले भने सफाइ पाएका छन्।
पूर्वडीएसपी चन्दले लेखापाल ठकुरी, लेखा शाखामा कार्यरत हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको दाबी सरकारी पक्षको थियो। मल्ल र खत्रीले सफाइ पाएका छन्।
त्यस्तै, हुम्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन लेखापाल भक्तबहादुर शाहीलाई पनि प्रतिवादी बनाइएको थियो। उनलाई भने विशेषले सफाइ दिएको छ। लेखापरीक्षणका क्रममा बदनियतपूर्वक भएका तथ्य लोप बनाएको र निजी लाभका लागि लेखापरीक्षण गरेको दाबी अख्तियारको थियो।
जिल्ला प्रहरी कार्यालय हुम्लाअन्तर्गतका प्रहरी कर्मचारीहरूको २०७२ असोजदेखि २०७३ असारसम्म तलब, स्थानीय भत्ता, तथा रासन रकममा हिनामिना गरेको भेटिएको थियो। भर्पाईमा जोडजम्मा फरक परेको र कार्यरत नै नरहेका ईश्वरी श्रीरष भन्ने व्यक्तिका नाममा समेत सेवा सुविधाको भर्पाई बनाएको भेटिएको थियो।
यस क्रममा ३१ लाख ५९ हजारभन्दा बढी रकम भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
