अधिवक्ता पदमबहादुर श्रेष्ठले नियमित फोहोर संकलन नहुँदा सर्वसाधारणको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै सर्वोच्चमा रिट निवदेन दायर गरेका छन्।
काठमाडौँ– सिंहदरबारसहित राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास क्षेत्रको फोहोर संकलन नगर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। नियमित फोहोर संकलन नहुँदा सर्वसाधारणको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन हुने भन्दै श्रेष्ठले रिट दर्ता गराएका हुन्।
“उक्त क्षेत्र सार्वजनिक स्थल र विभिन्न महत्त्वपूर्ण कार्यालयहरू भएकाले देशभरिको सामान्य जनताहरू दिनहुँ हजारौँको संख्यामा आवतजावत गर्नुको साथै उक्त स्थानमा कार्यरत कर्मचारीसमेत करिब दुई हजारको संख्यामा रहेको र उक्त क्षेत्रभित्र होटलसमेत रहेकोले कुहिने र नकुहिने फोहोर नियमित संकलन नहुँदा नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ,” रिट निवेदनमा लेखिएको छ, “संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४६ र १३३को उपधारा २ र ३, फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४, वातावरण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।”
त्यस्तै, काठमाडौँ महानगरपालिकाले फोहोर संकलन नगर्ने निर्णय तत्काल प्राप्त नभएकोले यदि गैरकानूनी निर्णय गरेको भए उक्त निर्णय कानूनविपरीत भएकोले उत्प्रेषणको आदेशले बदर गर्नसमेत रिट निवेदनमा माग गरिएको छ। साथै, प्रधानमन्त्री कार्यालयले समेत तत्काल समन्वय गरी फोहोर उठाउने व्यवस्था मिलाउन र उक्त क्षेत्रको फोहोर संकलन गर्नु भनी महानगर र प्रधानमन्त्रीको कार्यालय को नाममा परमादेश जारी गर्नसमेत रिटमा आग्रह गरेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर शाहले केन्द्र सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै सिंहदरबारसहितका स्थानको फोहोर नउठाउने अडान लिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत फोहोर नउठाइनुको १४ बुँदै स्पष्टीकरण दिँदै पटक पटक पहल र समन्वय गर्ने प्रयास गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
सरकारले भने मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको ठहर गर्दै सचेत गराएको छ। उनलाई जिम्मेवारीबोध गरी फोहोर व्यवस्थापनलाई सहज बनाउन मन्त्रिपरिषद्को बैठकबाटै सचेत गराएको छ। गत शनिबारदेखि सिंहदरबारसहितका स्थानको फोहोर उठ्न नसकेको हो।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
