सुनको मूल्य प्रतितोला १ हजारले घट्यो

तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ- सुनको मूल्य आइतबार प्रतितोला १ हजार रुपैयाँले घटेकोे छ।

तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्यसमेत प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। तिहारअघिको अन्तिम कारोबारमा तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार र  छापावाल सुनको मूल्य ९३ हजार ५०० र चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ थियो।