रास्वपा प्रमुख सचेतक परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन्।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा प्रमुख सचेतक परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरूप्रति सद्भाव रहेको बताए। "विशेष गरी नेपाली कांग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ। तर, अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्त्वपूर्ण छ।"
सरकारमा जाने सम्बन्धमा संवाद जारी रहे पनि हालसम्म टुंगो नलागेको उनको भनाइ छ। उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए।
"विश्वासको मत दिइसके पछाडि सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो। तत्कालै उपनिर्वाचन पनि आएको र विशेष गरी यो गठबन्धनमा आफैँ पनि कुराहरू नमिलिसकेको अवस्था छ। हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिए पनि। हामी उपनिर्वाचनमा केन्द्रीकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
