जितसँगै १ खेल खेल्न बाँकी रहेको मधेशले ३ खेलबाट २ अंक बनाएको छ। मधेशको यो पहिलो जित हो।
काठमाडौँ– मधेश प्रदेशकी सरस्वतीकुमारी चौधरीले अलराउन्डर प्रदर्शन गरेपछि आयोजक ललितपुर ‘ललितपुर मेयर्स कप'बाट बाहिरिएको छ।
सोमबार सम्पन्न खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो। ललितपुरले दिएको ९७ रनको लक्ष्य पछ्याएको मधेशले ४ बल बाँकी रहँदा ९ विकेट गुमाएर ९८ रन बनायो।
अन्तिम ओभरमा मधेशलाई जितका लागि ५ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न ललितपुरबाट सृष्टी जैशी आएकी थिइन्। उनको पहिलो बलमा सरस्वतीले २ रन लिइन्। दोस्रो बलमा भने सरस्वतीले चौका प्रहार गर्दै मधेशलाई जित दिलाइन्।
सरस्वतीले ३३ बलमा ३ चौकासहित सर्वाधिक ३२ रन बनाइन्। ओपनर अलिशा यादवले १६ र शीर्षक्रमकी सिमा कुँवरले १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
मधेशले ९.५ ओभरमा विकेट गुमाएर ४८ रन बनाउँदा सरस्वती क्रिजमा उत्रेकी थिइन्। उनले प्रतीमा शाह, सन्तोषी चौधरी, कविता गौतम, अमिरन निशा र चाँदनी खातुनसँग मिलेर ५० रनको साझेदारी गरेकी थिइन्।
ललितपुरका सोन्या पाख्रिन र कृतिका मरासिनीले २/२ विकेट लिए। अस्मिना कर्मचार्य र मनिषा उपाध्ययको नाममा १/१ विकेट रह्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो।
ललितपुरकी सोन्या पाख्रिनले सर्वाधिक ३४ रन बनाइन्। पाख्रिनले ४३ बलमा ३ चौका प्रहार गरिन्। लक्ष्मी चौधरीले २३ र सृष्टी जैशीले १५ रन बनाइन्। मधेशकी सरस्वती कुमारीले २ विकेट लिइन्।
कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीको नाममा १/१ विकेट रह्यो। जितसँगै १ खेल खेल्न बाँकी रहेको मधेशले ३ खेलबाट २ अंक बनाएको छ। मधेशको यो पहिलो जित हो।
यसअघि मधेश सुदूरपश्चिम प्रदेशसँग ७ र विभागीय टोली एपीएफसँग १० विकेटले पराजित भएको थियो। ललितपुरको भने यो लगातार तेस्रो हार हो।
ललितपुर सुदुरपश्चिमसँग ५१ रन र कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
