नेपालमा अझै तीन लाख परिवार शौचालयको पहुँचबाहिर रहेका छन्। जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।
काठमाडौँ– नेपालमा अझै पनि २ लाख ९९ हजार ७३७ परिवार शौचालयको पहुँचबाहिर रहेको तथ्यांकले देखाएको छ।
शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाले ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४.५ प्रतिशत शौचालयको पहुँचबाहिर रहेको देखाएको हो।
६३ लाख ६१ हजार ११३ परिवारले भने शौचालयको प्रयोग गरिरहेका छन्। यसअघिको जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।
विदेश जानेको संख्या बढ्यो
यस्तै, विदेशमा बसोबास गर्ने नेपालीको संख्या २२ लाख पुगेको छ। जनगणनाअनुसार १५ लाख ५५ हजार ९६१ परिवारका २१ लाख ९० हजार ५९२ जना विदेशमा अक्सर बसोबास गर्छन्।
जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) छन्। यो संख्या २०६८ को जनगणना भन्दा २ लाख ६९ हजार ९८ ले बढी हो।
२२ प्रतिशतको १५–१७ वर्षमै विवाह
यस्तै २२.३ प्रतिशतले १५ देखि १७ वर्षको उमेरमै विवाह गर्ने तथ्यांकमा उल्लेख छ। १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने ३४.४ प्रतिशत छन्।
१० वर्षभन्दा कम उमेरमा विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष छ। जसमा पुरुष २१ वर्ष र महिला १८ वर्ष रहेको जनगणनाले देखाएको छ
२.२ प्रतिशतमा अपांगता
कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको पाइएको छ। अपांगता भएका व्यक्तिमध्ये पुरुष ५४.२ र महिला ४५.८ प्रतिशत छन्।
२०६८ को जनगणनामा १.९४ प्रतिशत व्यक्तिमा अपांगता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
