कप्तान सीता रानामगरको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको छ।
काठमाडौँ– कप्तान सीता रानामगरको अलराउन्डर प्रदर्शनमा विभागीय टोली एपीएफ ललितपुर मेयर्स महिला कपमा विजयी भएको छ। बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो।
मधेशले दिएको ६० रनको लक्ष्य पछ्याएको एपीएफले ७.३ ओभरमा कुनै विकेट नगुमाई ६१ रन बनायो। एपीएफको जितमा सीताले ३६ बलमा ९ चौकासहित ४५ रन बनाइन्। ओपनर ज्योति पाण्डेले भने १० बलमा १ चौकासहित ८ रन बनाइन्।
उनीहरूबीच अविजित ६१ रनको साझेदारी भएको थियो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो।
मधेशकी साना प्रविणले सर्वाधिक २५ रन बनाइन्। उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनर अलिशा यादव १, सीमा कुँवर ८, सरस्वती कुमारी ५, रोजी कडारी १, सन्तोषी चौधरी २ र कप्तान कविता गौतम १ मा आउट भइन्।
भूमि सिंह भने १ रनमा अविजित रहिन्। मधेशकी प्रतिमा शा र अमिरन निशाले खाता खोल्न सकिनन्।
एपीएफकी सोनु खड्काले २.४ ओभर बलिङ गर्दै ९ रन खर्चिए ४ विकेट लिइन्। सीता रानामगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन खर्चिएर ३ विकेट लिइन्। रेखा रावल, नर्या थापा र इन्दु बर्माको नाममा १/१ विकेट रह्यो।
जितसँगै एपीएफले २ अंक जोडेको छ। एपीएफ अंक तालिकाको शीर्ष स्थानमा छ। एपीएफले शुक्रबार दोस्रो खेल सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ।
उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
