राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रहरीले केही युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्।
काठमाडौँ- राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्।
मंगलबार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
जसमा प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरूलाई पक्राउ गरेको थियो।
सोही विषयमा आज सांसद पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी हुन्। उनले युवाले बोल्न खोजेका बेलामा प्रहरीले उनीहरूको मुख जबरजस्ती थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन्।
उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन भन्दै प्रश्न गरिन्।
उनले भनिन्, “हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ। यी युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ।”
मंगलबार एक सार्वजनिक कार्यक्रममा युवाहरूले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
