नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए।
“प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो। फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो। यसमा के कारण थियो? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ।’
उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट परे। उनले सहयात्रीलाई घोक्र्यार निकालेर राष्ट्रिय सहमति हुने नसक्ने तर्क गरे। उनले एमालेविहीन राष्ट्रिय सहमति हुन नसक्ने स्पष्ट पारे।
उनले अहिले देशको राजस्व परिचालन निकै कमजोर अवस्थामा रहेको बताए। “गत वर्षको भन्दा न्यून राजस्व परिचालनको अवस्था देखा परेको छ। यो अवस्था २०२८ साल पछि पहिलो पटक देखा परेको छ। राजस्व परिचालनको अवस्थाले साधारण तर्फको खर्च धान्न नसक्ने देखिन्छ,” उनले भने।
मुलुकको पुँजीगत खर्च पनि इतिहासकै न्यून अवस्थामा रहेको उनको भनाइ छ। उनले सरकार अर्थतन्त्रमा देखिएका समस्या समाधानमा भन्दा पनि संसदीय अंक गणितमा मात्रै केन्द्रित रहेको आरोप लगाए।
“आउनले दिनमा पनि सरकार राष्ट्रका साझा चुनौतीहरूको सामना गर्न, चिन्ताजनक अस्थितिमा पुगेको अर्थतन्त्रलाई लयमा फर्काउन होइन संसद्को अंकगणितमा ध्यान केन्द्रित गर्ने छ। प्रतिफल हुने खालका काम गर्ने छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
