कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।
काठमाडौँ– कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन्।
शनिबार सम्पन्न निर्वाचनबाट २३५ मत प्राप्त गर्दै निरौला विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।
संघ स्थापना हुँदा नै सदस्य रहेका निरौला त्यसपछि चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन्। “कलाकारले आफ्नो संस्था महसुस गर्ने गरी काम गर्नेछु,” नवनिर्वाचित अध्यक्ष निरौलाले भने, “कलाकारको पेसागत सुरक्षाका लागि मेरो पहल हुनेछ।”
शनिबार राति सकिएको मतगणनाबाट उपाध्यक्षमा कविता गेलालले र शिवहरि नेपाल ‘वैरागी’ तथा महासचिवमा सविन श्रेष्ठ विजयी भए।
सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनील कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन्।
यस्तै सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा रहेका छन्।
७०० जना सदस्य रहेको संघको निर्वाचनमा ४६८ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
