कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।
काठमाडौँ– कलाकार दम्पती इशान परियार र सविता डंगोलको ‘मिल्दो विचार भाव’ चित्रकला प्रदर्शनी भइरहेको छ।
फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी चैत ९ गतेसम्म सञ्चालन हुनेछ।
कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।
उनीहरू नेपाली समसामयिक कलामा डुंगा र काँइयो बनाउने कलाकारका रूपमा चिनिन्छन्। प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा केही चित्र बनाएर समावेश गरेका छन्।
‘इन्कार्नेसन’ र ‘इन्टर्फ्युजन’ शीर्षकका यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषय बनाइएको छ। जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहक रूपमा प्रस्तुत गरेका छन्।
अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ।
यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ। अर्को चित्र इन्टर्फ्युजनमा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसार हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ।
इशानको अर्को चित्रमा काष्ठमन्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ।
अर्को ‘वेल्कम ब्याक टु होम’ भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ।
त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढेर उडिरहेको अवस्थामा ‘सेल्फी स्टिक’ र ‘एअर फोन’ लिएको देखाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
