जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।
शुक्रबार उपराष्ट्रपतिमा सत्तारूढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमानदार र स्वच्छ छविको प्रतीकका रूपमा रहेको बताए।
उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए। “उहाँ (रामसहाय)को यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा। र, उहाँको यो विजय सबैको विजय हो,” उनले भने।
त्यसैगरी, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति यादवको विजयलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रतिक्रिया दिए।
“अरू उम्मेदवारहरूभन्दा उहाँ (रामसहाय)ले धेरै भोट ल्याउनुभयो। विजय प्राप्त गर्नुभयो। यसलाई स्वाभाविक रूपमा लिनुपर्छ। र, हामी विशेष गरी उहाँलाई समर्थन गरेर जिताउने दलहरू सबै खुशी छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
