महानगरले नेपाल ल क्याम्पससँगको सहकार्यमा कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाउने भएको छ। उनीहरूले वडामा आउने सेवाग्राहीलाई आवश्यक कानूनी परामर्श दिनेछन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा हुँदैछ।
नेपाल ल क्याम्पससँगको सहकार्यमा महानगरले कानून अध्ययनरत विद्यार्थीलाई प्रत्येक वडामा खटाएको छ। स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। उनीहरूलाई महानगरले १६ बुँदे कार्य विवरणपत्र दिइएको छ।
निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास भएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए। यस्तो अभ्यास अन्य पालिकाले गरेका छैनन्। हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ।
सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ। सेवाग्राहीले पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको आचार्यले बताए।
त्यसैगरी वडामा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।
“अन्य पालिकामा भन्दा हाम्रो सेवाप्रवाह फरक छ,” महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले भने, “स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्। यस बेला अवस्था बुझेर सेवा दिनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
