कांग्रेस कार्य सम्पादन समिति बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न पार्टीका संघीय संसद् र प्रदेशसभा सदस्यलाई निर्देशन दिने निर्णय गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ।
बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए।
“गठबन्धनका उम्मेदवार यादवलाई मतदान गर्न संघीय संसद् सदस्य एवं प्रदेशसभाका सदस्यलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवको पक्षमा मतदान गर्ने निर्णय भएको छ,” महतले भने।
यसैबीच सरकारका जाने विषयमा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने उनको बताइ छ।
त्यस्तै बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
