नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले वर्तमान सरकारमा आफू मन्त्री बन्न नमिल्ने बताएका छन्।
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्।
आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउनेतर्फ लाग्ने बताए।
उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलता मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा मूल्यांकन गर्ने बताए।
उनले भने, “मैले ५ वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो। सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने कुरा उठाउँछु। म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले। मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो।”
महामन्त्री थापाले राजनीतिक दल खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे। उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए। नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवासुविधा दिन सक्नुपर्ने उनको भनाइ थियो।
“हामी खुसी हुनासाथ देशभरका सबै नागरिक स्वतःस्फूर्त खुसी हुन्छन् भन्ने मलाई लाग्दैन। हामीले खुसी बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेसँग यो कुरा जोडिएको छ”, उनले भने।
त्यस्तै, महामन्त्री थापाले सरकारले ५ वर्षसम्म जनताको भरोसा आफूसँग रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए। प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्नेमा उनको जोड थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
