निर्वाचन आयोगको निर्णय : उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज नहुने

यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

काठमाडौँ– उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम रहने भएको छ।  

उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम रहेको निर्वाचन आयोगले जनाएको छ। यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उमेदवारी विरुद्ध उमेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए।