एमाले अध्यक्ष ओलीले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन्। विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर 'चोइटो बुझाए'को अध्यक्ष ओलीको जिकिर थियो।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे।
“फाउल खेल्नेहरूले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए। दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए। विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीलाई बुझाउने दुष्चेष्टा गरे,” उनले भने, “तर तिनीहरूले वास्तविक सफलता हासिल गर्न सकेनन्।”
अध्यक्ष ओलीले दुई तिहाइ पुगेको नेकपालाई कमजोर बनाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताए।
उनले ओलीले खेलाडीलाई पनि फाउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे। निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीले सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोहीअनुसार अघि बढ्न ध्यानाकर्षण गराए।
अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडी नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन नेपाल खेलकुद महासंघलाई सचेत गराए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वाससमेत व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
