तत्काल कांग्रेस र एमाले सहकार्यको सम्भावना नरहेको र वर्तमान गठबन्धन ५ वर्ष चल्ने उपसभापति खड्काको भनाइ छ।
काठमाडौँ– काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते काँग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन्।
शुक्रबार ललितपुरको बोडेस्थित पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा उनले यस्तो बताएका हुन्। तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर सत्ता गठबन्धन अघि बढेको उनको भनाइ थियो।
उपसभापति खड्काले पुस १० गतेपछि नै पार्टीले अजेन्डामा सहमति भएका दलहरूबीच सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाएका कारण राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको दाबी गरे।
“स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर आर्थिक उन्नति र प्रगतिपथमा मुलुकलाई लैजाने संकल्प गरेर चुनावमा गएका थियौँ,” उपसभापति खड्काले भने, “दुर्भाग्यवश पुस १० गते पदको कारणले गठबन्धन भत्कियो। त्यसै दिनदेखि हामीले विभिन्न चरणमा संवाद गर्यौँ। र अन्ततोगत्वा यो परिस्थिति बन्यो।”
उनले उपराष्ट्रपति निर्वाचनका बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए। छिटै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने उनको भनाइ छ।
दलहरूबीच सहमति गरेर उपराष्ट्रपति निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने उपसभापति खड्काको भनाइ छ। तत्काल कांग्रेस र एमाले सहकार्यको सम्भावना नरहेको उनले बताए। “पुस १० मा गठबन्धन भत्किँदा भएको गल्ती अब दोहोरिँदैन। गठबन्धन अजेन्डामा टसमस नभई ५ वर्ष चल्छ,” उनले भने, “सरकार विस्तार उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
