चैतमा साधारण बचतको ब्याजदर र कर्जाको प्रिमियम घट्ने

वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्।

काठमाडौँ- वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्। 

बैंकर्स संघको बिहीबार बसेको बैठकले चैत १ गतेबाट लागु हुने गरी बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो। 

बचतमा ६.४२ देखि ८.४ प्रतिशतसम्म ब्याजदर रहेकोमा यसलाई ६ देखि ८ प्रतिशतमा कायम गर्ने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।

मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राखिएको छ। यस्तै, संघको बैठकले कर्जाको प्रिमियम दर पनि १ प्रतिशतले घटाउने निर्णय गरेको छ। 

यसअघि कर्जाको आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम रहेकोमा अब अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। आधार दर १० प्रतिशत भएका बैंकहरुले ५ प्रतिशत प्रिमियम जोडेर १५ प्रतिशतसम्म ब्याज लिन पाउनेछन्।