प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ।

बुधबार एक हजार रुपैयाँले घटेको सुन आज ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ तोकिएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।