कांग्रेस वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गरेर श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन्।
आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन्। “हामीले मलुकलाई अगाडि बढाउन सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ”, उनले भने।
उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे। "आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ। यही नै राष्ट्रियता र देशभक्ति हो," उनले भने।
वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गरेर श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए। शरीरलाई स्वस्थ बनाई राख्नका लागि पनि श्रम आवश्यक रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
