सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर, गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकेको छ।
काठमाडौँ– भन्सार राजस्वमा ठूलो योगदान दिने वस्तुहरूको संख्या र आयात परिणाम पछिल्लो समय घटेको छ।
गत आर्थिक वर्षको शुरूका सात महिनामा ४६ प्रकारका वस्तुको आयातबाट प्रत्येकमा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठेको थियो। तर चालु आर्थिक वर्षको त्यही अवधिमा २८ प्रकारका वस्तुको भन्सार मात्र १ अर्ब नाघेको भन्सार विभागको तथ्यांक छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको थियो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सरकारले नै विलासी वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो।

भन्सार महसुल संकलनमा उच्च योगदान दिने वस्तुहरू घट्नुपछाडि नीतिगत हेरफेर र कतिपय वस्तुको खपत नै कम भएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काको आकलन छ। उच्च योगदान दिने वस्तुहरूको आयात नै घटेपछि गत वर्षको तुलनामा भन्सारले आयातबाट उठाउने कुल राजस्व यो आर्थिक वर्षको माघ मसान्तसम्ममा २७.७६ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको सात महिनामा २१२ अर्ब १२ करोड ६८ लाख भन्सार राजस्व संकलन भएको छ। गत वर्ष यही अवधिमा २९३ अर्ब ३६ करोड ८१ लाख राजस्व संकलन भएको थियो। विदेशी मुद्रा सञ्चिति घटेपछि बाहिरिने मुद्रा कम गर्न सरकारले आयात नियन्त्रण गरेको थियो। त्यस्तै मालवस्तु आयात गर्नका लागि एलसी (लेटर आफ क्रेडिट) खोल्दा नै नगद मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था लागू गरिएको थियो।
यसको असर आयात र त्यसबाट उठ्ने राजस्वमा पनि परेको विभागका निर्देशक खड्का बताउँछन्। सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकिएको छ। नयाँ व्यवस्थाअनुसार पुनः आयात लयमा फर्किन समय लाग्ने आयातकर्ता बताउँछन्। तेस्रो मुलुकबाट आयातको प्रक्रिया पूरा गर्न कम्तीमा ४० दिन लाग्छ। त्यसकारण प्रतिबन्ध फुकुवापछि आयातमा हुन सक्ने सम्भावित वृद्धिमा समय लाग्ने व्यवसायी आषिश लाभको भनाइ छ।
भन्सार विभागका अनुसार बढी राजस्व दिने वस्तुमा सबैभन्दा अगाडि पेट्रोलियम इन्धन नै छ। आयातबाट प्राप्त राजस्वमध्ये करिब २६.२० प्रतिशत पेट्रोलियम इन्धनको हिस्सा छ। यो वर्ष ५५ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। १ खर्ब ५६ अर्ब ६९ करोड रुपैयाँको पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धन र ग्यास आयात गर्दा उक्त राजस्व उठेको हो।
मोटरसाइकल, कच्चा सोयाबिन तेल, औद्योगिक कच्चा पदार्थका रूपमा आयात हुने विभिन्न खाले फलाम, स्मार्टफोन, सेरेमिक्स, पत्थर कोइला, मालवाहक साना सवारी र सुन अधिक राजस्व दिने वस्तु हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
