एमाले र राप्रपा बाहिरिएसँगै अब सरकारलाई समर्थन गर्ने सांसद संख्या ७६ मात्रै रहेको छ।
काठमाडौँ– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको हो। सरकारले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोमा बनेको गठबन्धनबाट दाहाल प्रधानमन्त्री बनेका थिए।
१६९ सांसदको समर्थनसहित संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठित दाहाल नेतृत्वको सरकारले पुस २६ गते संसद्बाट विश्वासको मत लिएको थियो। संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि सरकारले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए।
सोमबार बिहान एमालेको केन्द्रीय सचिवालयको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार आजै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने छन्। गत शुक्रबार बालुवाटारमा नयाँ राजनीतिक समीकरण निर्माण भएपछि शनिबार नै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।
एमालेको शनिबार बसेको सचिवालयको बैठकले राष्ट्रपतिको निर्वाचनसम्म सरकारबाट नहट्ने निर्णय गरेको थियो। तर, आइतबार प्रधानमन्त्रीले परराष्ट्रमन्त्री रहेकी विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि एमालेले आकस्मिक सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेको हो।
१६९ सांसदको समर्थन पाएको सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै अब समर्थन गर्ने सांसदको संख्या ७६ मात्रै रहेको छ। अल्पमतमा परे पनि अबको ३० दिनभित्र दाहालले विश्वासको मत लिनुपर्ने छ। बालुवाटारमा आठ दलीय गठबन्धन निर्माण भएकाले दाहालले विश्वासको मत पाउने देखिन्छ। योबीचमा राजनीतिक घटनाक्रममा कुनै फेरबदल नभए आठ दलीय गठबन्धनले दाहाल नेतृत्वको सरकारलाई नै निरन्तरता दिन सक्ने देखिन्छ।
यद्यपि सरकारले विश्वासको मत पाउन सकेन भने राष्ट्रपतिले पुनः संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत संसद्मा रहेको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
