नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही-२ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले आसन्न निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्।
काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले सत्तारूढ गठबन्धनले मुलुकमा समस्या मात्रै सिर्जना गर्ने गरेको जनताको ठम्याइरहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका हुन्।
देशभरका सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरेको बताउँदै उपाध्यक्ष पौडेलले सत्तारूढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदातालाई गठबन्धनलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभूत भएको दाबी गरे।
“नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रूपमा सरकारको नेतृत्व गर्ने शक्तिका रूपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ”, उनले भने, “गठबन्धन र यसका काम कारबाहीका प्रभावले आम मानिसमा गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने अनुभूत भएको छ।”
उपाध्यक्ष पौडेलले साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति रहेको जिकिर गरे। गठबन्धन देशैभर कमजोर बनेको बताउँदै उनले एमालेसँग निर्वाचनमा सहकार्य गरेका दलहरूको साथले सुविधाजनक बहुमतका साथ एमालेले आगामी ५ वर्ष मुलुकको नेतृत्व गर्ने दाबी गरे। उनले भने, “सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं। यसमा कुनै पनि प्रकारको द्विविधा राख्नुपर्ने आवश्यकता म देख्दिन।”
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले निर्वाचनका लागि एमाले व्यवस्थित ढंगले अघि बढेको बताउँदै चाँडै घोषणापत्र जारी गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
