गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ। यो अवधिमा आयात निरन्तर दोहोरो अंकले घटिरहेको छ।
काठमाडौँ- चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको तुलनामा १९.९० प्रतिशतले कम हो।
गत आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ।
गत साउनयता आयात निरन्तर दोहोरो अंकले घटिरहेको छ। विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न सरकारले आयात नियन्त्रणका लागि लगाएको प्रतिबन्ध र आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्थाका कारण आयात घटेको बताइएको थियो। तर, गाडी, मोटरसाइकल, मोबाइल र मदिरामाको आयातमा लगाइएको प्रतिबन्ध सरकारले गत पुस १ गतेबाट खुला गरिसकेको छ भने एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान पनि माघ ५ गतेबाट हटाएको छ। यसका बाबजुद पनि आयात भने घटेको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत पुस महिनामा मात्र १ खर्ब २७ अर्ब ९१ लाख ९८ हजार रुपैयाँको आयात भएकोमा माघमा १ खर्ब २६ अर्ब ४९ लाख ९० हजार रुपैयाँ बराबरको आयात भएको छ। पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा प्रतिबन्ध हटाइए पनि पिकअप गर्न केही समय लाग्ने भएकाले आयात कम भएको हुनसक्ने बताउँछन्। “सरकारले प्रतिबन्ध हटायो, तर आयातका लागि कन्ट्रयाक्ट गर्ने, एलसी खोल्ने सामानको सिपमेन्ट लगायतको प्रक्रिया हुन्छ,” ओझाले भने, “सामानको भुक्तान भएपछि मात्र भन्सारको तथ्यांकमा देखिन्छ, सोही कारण पनि घटेको हुनसक्छ।”
यसका अलावा तरलता अभाव कायमै रहेका कारण आयात क्षमतामा कमी आउँदा घटेको हुनसक्ने ओझा बताउँछन्। “अहिले उपभोक्ताको क्रयशक्तिपनि घटेको छ, मान्छेको हातमा पैसा कम हुँदा स्वाभाविक रूपमा माग पनि घट्न जान्छ जसका कारण समग्र आयातमा नै प्रभाव पार्छ,” ओझाले भने।
समग्र आयात घट्दा मुलुकको व्यापारघाटा पनि १८.७१ प्रतिशतले घटेको छ। गत माघसम्म व्यापारघाटा ८ खर्ब २५ अर्ब ७३ करोड पुगेको विभागले जनाएको छ। गत आर्थिक वर्ष सोही अवधिमा भने व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो।
कुल व्यापारघाटामध्ये सबैभन्दा धेरै भारतसँग ५ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँको घाटा भारतसँग छ। कुल वैदेशिक व्यापारमध्ये आयात ९०.७७ प्रतिशत र निर्यातले ९.२३ प्रतिशत हिस्सा ओगटेको छ।
यी हुन बढी आयात हुने वस्तु
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ५६ अर्ब ६९ करोड रुपैयाँको पेट्रोल, डिजेल र ग्यास आयात भएको छ। यसबाट सरकारले ५५ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
उक्त अवधिमा ८४ अर्ब ६१ करोड रुपैयाँ बराबरको डिजेल, ३८ अर्ब ७३ करोडको पेट्रोल र ३३ अर्ब ३४ करोडको एलपी ग्यास आयात भएको छ।
यस्तै २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको विभागको तथ्यांक छ। यस्तै २३ अर्ब ६६ करोड रुपैयाँको शुद्ध फलाम, १८ अर्ब ४५ करोड ३५ लाखको सुन, र १७ अर्ब ७६ करोड ७९ लाखको पाम तेलको कच्चा पदार्थ आयात भएको विभागको तथ्यांक छ। यस्तै १४ अर्ब ७६ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि नेपाल ल्याइएको छ।
निर्यातमा पनि २९ प्रतिशतले गिरावट
चालु आर्थिक वर्षको ७ महिनामा मुलुकभित्रबाट हुने निर्यातमा पनि २९ प्रतिशतले गिरावट आएको छ। विभागका अनुसार माघ मसान्तसम्म ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ।
पूर्व वाणिज्य सचिव ओझाका अनुसार कच्चा पदार्थको आयात घट्दा निर्यात पनि प्रभावित भएको हुनसक्ने बताउँछन्।
भारतले आफ्नो बजार मूल्य नियन्त्रणका लागि सार्क मुलुकबाहेकका देशबाट तेलको आयातमा लाग्ने सीमा शुल्क घटाएपछि नेपालबाट हुँदै आएको तेल निर्यात घटेको ओझाको भनाई छ। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स लगायतका मुलुकबाट पाम तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी व्यवसायीहरूले भारत पठाउँदै आएका छन्। तेलको कच्चा पदार्थमा भारतले भन्सार शुल्क घटाएसँगै नेपालबाट हुने निर्यात प्रभावित भएको विभागको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
