आम आदमीकी ओबरोयको पक्षमा १५० र बिजेपीकी उम्मेदवार रेखा गुप्ताले ११६ मत प्राप्त गरेकी छन्।
भारतमा आम आदमी पार्टी (आप) की नेता डा. शेली ओबरोय दिल्लीको नयाँ मेयर बनेकी छन्। भारतीय जनता पार्टी (बीजेपी) की रेखा गुप्तालाई हराउँदै आपकी ओबरोय मेयरमा निर्वाचित भएकी हुन्। ओबरोयको पक्षमा १५० मत खसेको थियो भने बिजेपीकी उम्मेदवार गुप्ताले ११६ मत प्राप्त गरेकी छन्।
मेयरमा निर्वाचित भएलगत्तै ओबरोयले आफूले संवैधानिक तरिकाले सदन चलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। सहकार्य र सहज रूपमा सदन चलाएर आफ्नो मर्यादा कायम गर्न पनि उनले सबैलाई आग्रह गरेकी छन्।
ओबरोयको जितपछि आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीबालले ट्विट गर्दै लेखेका छन्, "गुन्डाले हारे, जनताले जीते। दिल्ली नगर निगममा आज जनताको जीत भयो गुण्डागर्दीको हार भयो। मेयरमा निर्वाचित भएकोमा शेली ओबरोयलाई बधाई!"
मेयरका लागि दुई घण्टासम्म भएको मतदानका क्रममा कुनै विरोध र नाराबाजी नभएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
