दक्षिण कोरियाको राजधानी सोलस्थित एक उच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिने र उनीहरूको अधिकार सुरक्षित गर्न आदेश सुनाएको छ।
दक्षिण कोरियामा पहिलोपटक समलिंगी विवाहलाई मान्यता दिइएको छ। राजधानी सोलस्थित उच्च अदालतले ऐतिहासिक फैसला गर्दै एक समलिंगी जोडीको विवाहलाई मान्यता दिने र उनीहरूको अधिकार सुरक्षित गर्न आदेश सुनाएको हो। सरकारी स्वास्थ्य बिमाको दायरामा आउने क्रममा सेवाग्राहीमध्ये एक दम्पती समलिंगी भएको थाहा पाएपछि सेवाबाट वञ्चित गरिएकोसम्बन्धी मामिला अदालतमा पुगेको थियो।यसै मुद्दामा अदालतले ऐतिहासिक फैसला सुनाएको हो।
उक्त दम्पतीले सन् २०१९ मा विवाह गरेको बीबीसीले जनाएको छ। आफ्नो समलिंगी जीवनसाथी किम योङमिनको स्वास्थ्य बिमा गर्न नमानेपछि सिओन वुकले सन् २०२१ मा दक्षिण कोरियाको राष्ट्रिय स्वास्थ्य बिमा सेवा (एनएचआईएस) विरुद्ध मुद्दा हालेका थिए। शुरूमा आफ्नो बिमा स्वीकृत भएको तर समलिंगी भएको थाहा पाएपछि अस्वीकार गरेकाले आफूमाथिको व्यवहारविरुद्ध उनीहरू अदालत पुगेका थिए।
समलिंगी विवाहलाई मान्यता नदिइने दक्षिण कोरियाली समाजमा अदालतको यस फैसलाले त्यहाँका समलिंगीहरूमा उत्साह थपेको अभियन्ताहरूको भनाइ छ। यद्यपि, यस फैसलाविरुद्ध सर्वोच्चमा चुनौती दिन सकिनेछ।
समलिंगी भएकै कारणले अधिकांश दक्षिण कोरियाली दम्पती सरकारी सेवा बापतको सुविधा लिनबाट वञ्चित छन्। अदालतको फैसलापछि मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै यस फैसलाले पक्षपाती दृष्टिकोणको अन्त्य हुनेमा आशा जगाएको बताएको छ। साथै, फरक पहिचान भएका समुदायप्रतिको भेदभाव अन्त्यका लागि अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएको छ। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
