पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोप लगाए। उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको तर्क गरे।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आतकंवादी, नाजी वा जो कोहीलाई पनि रुसविरुद्धको लडाइँमा प्रयोग गर्नसक्ने बताएका छन्।
रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा राष्ट्रका नामका सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस्तै, पुटिनले युक्रेनको युद्धमा मारिएका सैनिक र कर्मचारीको परिवारलाई सहयोगका लागि विशेष राहतको घोषणासमेत गरेका छन्।
साथै, १ घण्टा ४५ मिनेट लामो सम्बोधनका क्रममा उनी शहीद र मृतक रुसी नागरिकको सम्झनामा ‘मौन’ बनेका थिए। उनले आफ्ना नागरिकको साहसको प्रशंसा गर्दै अग्रपंक्तिमा रहेर लड्नेहरूप्रति कृतज्ञता व्यक्त गरे।
साथै, उनले रुसले कब्जा गरेका युक्रेनी भूमिका नागरिकले आफ्नो भविष्य आफैँ निर्धारण गर्नुपर्ने बताए। युक्रेनबाट कब्जामा लिएका लुहान्स्क, दोनेत्स्क, खेरसन र जापोरिजिया क्षेत्रका जनतालाई सम्बोधन गर्दै उनले भने, “आफैँले भविष्य तय गर्नुहोस्। तपाईंहरूको छेवैमा सैन्य कारबाही चलिरहेको छ। आफ्नो मातृभूमि रुस वा युक्रेन, कसको साथमा रहने भन्ने कुरा तपाईंहरूकै हातमा छ।”
मस्कोले किभमाथि आक्रमण गरेयताकै आक्रामक सम्बोधन गरेका पुटिनले युक्रेनी जनता ‘पश्चिमाहरूको बन्धक’ भएको आरोपसमेत लगाए। उत्तर एट्लान्टिन सन्धि संगठन (नेटो)को बिस्तारको आलोचना गर्दै उनले अमेरिकासहित पश्चिमा राष्ट्रहरूले द्वन्द्व थप लम्बाउन युक्रेनलाई उक्साइरहेको बताएका छन्।
“हामीले खुला र समझदार तबरले पश्चिमासँग वार्ता गर्न चाहेका छौँ र विश्वमा अभिभाज्य सुरक्षाको खाँचोबारे पनि बारम्बार दोहोर्याउँदै आएका छौँ। यसका लागि विश्वका सबै देशलाई स्वागतसमेत गरिरहेका छौँ। तर, यसको बदलामा हामीले कपटी र बुझ्नै नसक्ने खालका प्रतिक्रियाहरू पाइरहेका छौँ”, उनले भने।
त्यस्तै, रुस र अमेरिकाबीच हुने भनिएको नयाँ आणविक सम्झौताबाट पछि हटेको पुटिनले सम्बोधनका क्रममा घोषणा गरेका छन्। अमेरिकाले आणविक परीक्षण गरे आफूले पनि परीक्षण थाल्ने पुटिनको चेतावनी थियो।
युक्रेनको आकस्मिक भ्रमण सकेर पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सम्बोधन गर्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
