मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले समातेर अगाडि सवारीसाधन चलाउन नदिने र नियमअनुसार जरिवना गर्ने गरेको छ।
काठमाडौँ- तिहारको समयमा मादक पदार्थ सेवान गर्नेको संख्या बढेको पाइएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार सोमबार लक्ष्मीपूजाको दिनमा मात्रै प्रहरीले देशभरबाट मादक पदार्थ सेवन गरेका १ हजार ५३१ जनालाई नियन्त्रणमा लिएको छ।
मापसे गरेर सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। उनका अनुसार सामान्य दिनमा यो संख्या ४०/५० मात्रै हुन्छ।
"देशभरबाट मादक पदार्थ सेवनमा समातिएकाको विवरण हो यो, सामान्य अवस्थाभन्दा यो अलिक बढी नै हो," राईले उकालोलाई भने, "चाडपर्वमा जाँड-रक्सी खाने र खाइसकेपछि हो–हल्ला गर्ने प्रवृत्ति देखिने गरेकाले यसलाई नियन्त्रण गर्न प्रहरीले चेकजाँच बढाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।"
मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले समातेर अगाडि सवारीसाधन चलाउन नदिने र नियमअनुसार जरिवना गर्ने गरेको छ। प्रहरीको चेकजाँच टोली, गस्ती टोली वा कुनै इकाईले समात्यो भने पक्राउ परेको अवस्थालाई हेरेर मुद्दा तोकी जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेको छ। प्रमुख जिल्ला अधिकारीबाट यसको सुनुवाइ हुन्छ।
पटाका र जुवामा पनि पक्राउ
गृह मन्त्रालयले प्रतिबन्ध लगाएको पटाका ओसारपसार, बिक्री र पड्काउने कार्यमा संलग्न व्यक्ति पनि पक्राउ परेका छन्। पटाकासम्बन्धी कसुरमा प्रहरीले ३१ जनालाई नियन्त्रणमा लिएको हो। ३२ लाख ४५ हजार रुपैयाँबराबरको पटाका प्रहरीले बरामद गरेको छ। बरामद गरिएको पटाका नष्ट गरिने प्रहरीले जनाएको छ।
त्यसै, तिहारको समयमा जुवा खेल्नेहरू पनि पक्राउ परेका छन्। "हामीसँग १५ जिल्लाको तथ्यांक छ, जसअनुसार ३३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्," राईले भने, "२० लाख १९ हजार रुपैयाँ उनीहरूको साथबाट बरामद भएको छ।"
कात्तिक १ गतेयता जुवा खेलिरहेको अवस्थामा १९० जना पक्राउ परेको राईले बताए। उनीहरूको साथबाट ४५ लाख ४२ हजार रुपैयाँ पनि बरामद भएको उनले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
