कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टी राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्ने दाबी गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले भने, "राजनीति नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ। यही हप्ता १० दिनमा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ।"
उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए। उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको उल्लेख गरे।
प्रमुख सचेतक लेखकले मूल राजनीतिक मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए।
उनले नेकपा एमाले संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरण, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी रहने बताए।
"जुनसुकै बेला संसद् विघटनको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन", उनले भने, "संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी हुन्छ।"
उनले कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
