युक्रेनको युद्धग्रस्त क्षेत्रमा रहेका एक करोड १० लाख जना र भागेर अन्य मुलुक पुगेका युक्रेनी नागरिकका लागि राष्ट्रसंघले सहयोगको अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघले युद्धग्रस्त युक्रेनका नागरिकलाई पाँच अर्ब ६० करोड अमेरिकी डलरको सहयोगका लागि अपिल गरेको छ। राष्ट्रसंघीय निकायहरू, मानवीय मामिला समन्वय कार्यक्रम (ओचा) र शरणार्थी नियोग (यूएनएचसीआर)ले रुसी आक्रमणबाट प्रभावित क्षेत्रका मानिसको सहायताका लागि संयुक्त रूपमा सहयोगको अपिल गरेका हुन्।
युक्रेनमा मानवीय सहयोगको योजनाअनुसार सयौँ युक्रेनी स्थानीय संगठनले तीन अर्ब ९० करोड डलरको आर्थिक सहयोग गरिदिन अपिल गरेका थिए। युक्रेनका शरणार्थीको सहायता योजनाका लागि मात्र १ अर्ब ७० करोड डलर आवश्यक पर्ने बताइएको छ।
राष्ट्रसंघीय मानवीय मामिला तथा आकस्मिक सहायता कार्यक्रमका प्रमुख मार्टिन ग्रिफित्स भन्छन्, “संसारका सबै मुलुकमा सरकार, सर्वसाधारण र नागरिक समाजलाई दयालु बन्न आग्रह गर्दछु। तपाईँहरूको सहयोग युक्रेनका मानिसलाई नै जानेछ ढुक्क हुनुहोस्।” युक्रेनमा युद्धग्रस्त क्षेत्रका एक करोड १० लाख मानिसलाई खाद्यान्न, स्वास्थ्य सुविधा, आर्थिक सहयोग र अन्य अत्यावश्यक सहायताका लागि यो रकम खर्चिने ग्रिफित्सले बताए।
यस्तै, शरणार्थी सहायता योजनाबापत रकम १० वटा देश पुगेका युक्रेनीको सहयोगमा खर्च गरिने शरणार्थी नियोगका उच्चायुक्त फिलिप्पो ग्रान्डिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। छिमेकी मुलुक मोल्दोभा, पोल्यान्ड र रोमानियामा ठूलो संख्यामा युक्रेनी नागरिक शरणार्थीका रूपमा बसिरहेका छन्।
ती देशमा शरणार्थीलाई आवश्यक सहयोग, सुरक्षा, कामको अधिकारसहित अन्य आधारभूत सुविधा उपलब्ध गराएर राष्ट्रिय प्रणालीमै समावेश गर्ने सहयोग भएकोप्रति ग्रान्डिले खुशी व्यक्त गरे। साथै ती देशले देखाएको जिम्मेवारी र स्वागतको सम्बोधन गर्नपर्नेमा उनको जोड थियो।
गत वर्षको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्ध जारी नै छ। पछिल्लो साता रुसले युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रमा आक्रमणलाई निरन्तरता दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
