राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आएका भारतीय विदेशसचिव क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेशसचिव क्वात्राले सोमबार अपराह्न राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटका क्रममा सचिव क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पठाएको शुभकामना सन्देश पनि राष्ट्रपति भण्डारीलाई सुनाएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ।
विदेशसचिव क्वात्रा सोमबार बिहान सचिवयस्तरीय बैठकमा सहभागी हुन काठमाडौँ आएका थिए। उनले यसअघि परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा जलवायु परिवर्तन, हवाई रुट, विकास सहायता, द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
