वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भइरहेको अर्थमन्त्री पौडेलको भनाइ छ।
काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधलाई ‘इफ, बट, इन्तु, परन्तु’ नभनी बाहिर ल्याउने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको प्रतिवेदन पेस गर्दै यस्तो बताएका हुन्। वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भइरहेको उनको भनाइ छ।
अर्थमन्त्री पौडेलले सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने क्रममा स्पष्ट पारेको उल्लेख गरे। उनले २०४७ सालपछिका वा मल्टिपार्टी शुरू भएपछिका भ्रष्टाचार, अपराध बाहिर नआउने चर्चा भए पनि सरकारले कुनै पनि कालखण्ड गरेका भ्रष्टाचारका अपराधलाई बाहिर लाउने दाबी गरे। उनले भ्रष्टाचारजन्य अपराध गर्नेलाई सरकार कानूनअनुसार दण्डित गर्न दृढ प्रतिबद्ध रहेको सुनाए।
"कुनै पनि कालखण्ड र जो कसैले गरेका भ्रष्टाचारका अपराधलाई बाहिर ल्याउँछौँ। कानूनअनुसार दण्डित गर्छौं भन्ने दृढ प्रतिबद्धता हो। यसमा कुनै पनि प्रकारको इफ बट इन्तु परन्तु हुँदैन भन्ने कुरामा विश्वास दिलाउँछु", उनले भने।
अर्थमन्त्री पौडेलले राजश्व चुहावटमा संलग्नलाई कानूनको दायरामा ल्याउने र कर कानूनको परिचालन गर्ने बताए। उनले सरकारले राजश्व चुहावट नियन्त्रणमा संलग्न निकायबीचमा सूचना आदानप्रदान गर्ने र समन्वयलाई प्रभावकारी बनाउने नीति लिएको सुनाए।
उनले विषयगत मन्त्रालयले आफ्नो बजेट र कार्यक्रमको प्राथमिकता निर्धारण गरी स्रोतलाई आन्तरिक रूपमै समायोजन गर्नुपर्ने बताए। आवश्यक नदेखिएका समिति, प्रतिष्ठान, बोर्डको संरचना खारेज गरिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
