प्रदीप खड्का, वर्षा सिवाकोटी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहने चलचित्र ‘कामिनो’को छायाँङ्कन बैशाखदेखि शुरू हुने छ।
काठमाडौँ– अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि अभिनयमा पुनरागमन गर्ने भएका छन्। सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयमा प्रवेश गरेका कोइराला पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखिएका थिए।
अहिले उनले चलचित्र ‘कामिनो’ मा अभिनय गर्न लागेका हुन्। “आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्त्वपूर्ण मध्येको एक हो,” उनले भने, “मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ।” अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने कोइरालाले चलचित्रका लागि नेपाल आउने विषय माग र आवश्यकतामा आधार रहने बताए। प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुशी लागेको निर्देशक दीपक ओलीले बताए।
“हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ। चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ,” उनले भने, “यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाँङ्कन उतै गर्दै छौँ।” कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, छ एकान छ, हाइवे टु धम्पुसलगायतका चलचित्र चर्चित भएका थिए। उनले सात वर्षको अवधिमा २७ वटा चलचित्रमा अभिनय गरेका थिए।
स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो। जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्रको वैशाखबाट छायाँङ्कन हुने निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए। महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ।
नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
