चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै सडक किनारमा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङको सुविधासमेत उपलब्ध हुने छ।
काठमाडौँ– चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ। एउटा टर्मिनल गत चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन।
सरोकारवाला निकायमा पत्राचार गरी सञ्चालन हुने नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। व्यापार सहजीकरणका लागि निर्माण भएको उक्त सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० ट्रक पार्किङ क्षमता, गोदाम घर, नापतौल, लोडअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ।
टर्मिनल प्रयोगका लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा गाडीको पार्किङ, मालसामान लोड अनलोडलगायत सुविधा उपलब्ध हुने भएकाले उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटनालगायत जोखिम कम हुने गजुरेलको भनाइ छ। “वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले पनि चोभारको आन्तरिक टर्मिनल सञ्चालन गर्ने निर्णय गरिसकेको छ, अब चाँडै सञ्चालन हुनेछ,” उनले भने।
यसैगरी आयात र निर्यातकर्तालाई सडक किनारमा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङको सुविधासमेत उपलब्ध हुने छ। मालसामान आयातकर्ता एवं निर्यातकर्तालाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले अनुरोध गरेको छ। विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको उक्त चोभार सुक्खा बन्दरगाहको लागत एक अर्ब ५४ करोड रुपैयाँ छ । करिब २६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति छ।
बन्दरगाहमा लोडअनलोड भवन तीन, गोदामघर तीन, प्रशासनिक भवन तीन, एप्राइजल सेड तीन, धर्मकाँटा तीन, कन्टेनर यार्ड, विद्युत् सबस्टेसन, बाउन्ड्री लाइट, अन्य सवारी पार्किङलगायतका संरचना छन्। कन्टेनर र्याडमा ५०० कन्टेनर र ५०० ट्रक राख्न मिल्ने ६५ हजार वर्ग मिटर पार्किङ क्षेत्र छ।
बन्दरगाह सञ्चालनमा आएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा योगदान मिल्ने समितिले जनाएको छ। चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाउने प्रक्रिया एक दशकअघि नै शुरू भएको थियो। नेपाल सरकार र विश्व बैंकबीच २०७० सालमै चोभारमा सुक्खा बन्दरगाह निर्माणका लागि वित्तीय सम्झौता भएको थियो। २०७५ साउनमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको थियो।
स्थानीय अवरोध, कोभिडको प्रभावलगायत कारणले बन्दरगाह निर्माणमा ढिलाइ भएको इन्टरमोडलले जनाएको छ। तेस्रो पटकको म्याद थपपछि गएको असारमा बन्दरगाहको निर्माण सम्पन्न भएको हो। बन्दरगाह तथा आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै अब आयातकर्ताले ल्याएका माल वस्तुको भन्सार जाँचपास काठमाडौँमै गर्न सक्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
