प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सोमबार ५०० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला एक लाख चार हजार १०० रुपैयाँ रहेको छापावाल सुन सोमबार एक लाख चार हजार ६०० रुपैयाँ कायम भएको हो। सुन आइतबार एकैदिन तोलाको दुई हजार रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य एक लाख चार हजार १०० रुपैयाँ तोकिएको छ।

आइतबार एक लाख तीन हजार ६०० रुपैयाँ थियो। यसैबीच चाँदीको मूल्य भने यथावत् छ। चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्ने गरेको छ।