निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने गरी ट्विट गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ-४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ। डेंगीको निःशुल्क परीक्षण गर्ने र आवश्यक चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै ट्विट गरेको उजुरीका आधारमा आयोगले नेता थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
आयोगले आचारसंहिताविपरीत हुनेगरी ट्विटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
