माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, सहमति हुन नसके विचार मिल्ने पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन्।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उल्लेख गरे।
"सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ। सबै पक्षसँग हामी खुला छौँ", उनले भने "प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो।"
उनले शनिबारको बैठकमा गृहमन्त्रीबारे कुनै छलफल नभएको बताए। सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको उनको भनाइ छ। "गृहमन्त्रीबारे केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौँ। एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो।"
त्यस्तै, पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा आगामी दुई महिना सबै नेताहरू फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिबारे अध्ययन गर्ने निर्णय भएको बताए। उनका अनुसार पार्टीले संगठन सुदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने भएको छ। अभियानमा चुनावी अन्तर्घातबारे पनि गहन अध्ययन गर्ने निर्णय भएको छ।
उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरू परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
