निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको बताएका छन्।
काठमाडौँ– मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको छ।
शुक्रबार आयोजित समीक्षा कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता एवं सह सचिव शालिग्राम शर्मा पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्। आयोगले एक अर्ब ३३ करोड ९७ लाख, ७७ वटै निर्वाचन कार्यालयबाट ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन अधिकृतको कार्यालयबाट ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालय अन्तर्गत ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।
निर्वाचन गराउन आयोगलाई सरकारले १० अर्ब बजेट दिएको थियो। केही रकम भुक्तानी गर्न बाँकी भएकोले खर्चको रकम केही बढ्न सक्ने प्रवक्ता पौडेलले बताए। आयोगले स्थानीय तह निर्वाचनको खर्च भने यसअघि नै सार्वजनिक गरिसकेको छ।
अब फागुनमा हुने राष्ट्रपति र चैतमा हुने उपराष्ट्रपति निर्वाचनमा हुने खर्चसहित २०७९ को ‘निर्वाचन वर्ष’मा भएको खर्च विवरण आउने आयोगले जनाएको छ। आयोगले ०७९ लाई ‘निर्वाचन वर्ष’ घोषणा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
