अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन केन्द्रित रहेको बताएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेको छ। बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरू भेला भई विरोध जनाएका हुन्।

उनीहरूले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भए पनि त्यो हुन नसकेको बताए। जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरू चुप लागेर बस्न नसक्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए। उनले जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।

उनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन केन्द्रित रहेको उल्लेख गरे। उनले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने कार्य मान्य नहुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
