स्याङ्जाको पञ्चमूलमा एक रातमा १३ स्थानमा चोरी भएको छ। चोरले धनमालका साथै सीसीटीभी क्यामेरा र फुटेज स्टोर हुने हार्डडिस्कसमेत चोरेर लगेका छन्।
पोखरा– स्याङ्जामा एकैरातमा १३ स्थानमा चोरी भएको छ। आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा एकैरातमा वडा कार्यालय, सहकारीका कार्यालयसहित १३ स्थानमा चोरी भएको हो।
वडा कार्यालय, सहकारी, गुम्बा, पसल, व्यक्तिका घरगरी सिँगो गाउँमा नै चोरी भएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए। उनका अनुसार नगद, गरगहनाका साथै सुरक्षा तथा निगरानीका लागि राखिएका सीसीटीभी क्यामेरा र त्यसको फुटेर स्टोर हुने हार्डडिस्क पनि चोरी भएको छ।
चोरले अनुमानित १० तोला सुन र ५/६ लाख रुपैयाँ नगद लगेका छन्। "चोरले वडा कार्यालयमा समेत चोरी गरेका छन्", उनले भने, "अहिले घटनाका सम्बन्धमा प्रहरीबाट अनुसन्धान चालिरहेको छ।" पञ्चमूल पर्यटकीय गाउँ सिँरुबारीनजिकै पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
