नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति पदका लागि बदलिएको नयाँ परिस्थितिअनुसार सहमति खोजिनु पर्ने बताएका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति पदका लागि बदलिएको परिस्थितिअनुसार नेकपा एमालेसँग नयाँ सहमति हुनुपर्ने बताएका छन्।
गुरुङले पहिले एमालेलाई राष्ट्रपति पद दिन माओवादी तयार भएको भए पनि पुस २६ मा आइपुग्दा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले त्यसैअनुसार राष्ट्रपतिमा सहमति खोजिनु पर्ने बताएका हुन्।
“सरकार गठनका बेला राष्ट्रपतिका मामिलामा हामीले एक खाले सहमति गरेका थियौँ। त्यो सहमति कार्यान्वयन हुनका लागि परिस्थिति एउटै हुनुपर्थ्यो। तर, सरकार गठन भएको दुई महिना नपुग्दै परिस्थितिमा बदलाव आयो। अब पुरानो सहमतिको कुरा नगरौँ। नयाँ परिस्थितिअनुसार सहमति खोजिनु पर्छ”, उकालोसितको कुराकानीमा गुरुङले भने।
पुस १० मा सभामुख र राष्ट्रपति आफूले पाउने भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले प्रधानमन्त्रीमा समर्थन गरेको थियो। नेकपा एमालेले सभामुख पाइसकेको छ।
तर, पूर्वसहमतिअनुसार राष्ट्रपति पद एमालेलाई नदिएर आफूलाई विश्वासको मत दिने नेपाली कांग्रेसलाई दिने मनस्थिति माओवादीले बनाएको छ। निर्वाचन आयोगले सोमबार आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
