भारतमा प्रहरीले नै गरे मन्त्रीको हत्या

सार्वजनिक कार्यक्रममा भाग लिन ओडिसाको झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई प्रहरी असई गोपाल दासले गोली प्रहार गरेका हुन्।

मन्त्री नवकिशोर बायाँ र गोली प्रहार गर्ने असई गोपाल दास।

भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टर गोली प्रहार गरेका छन्। गोली लागी गम्भीर घाइते भएका दासको उपचारका क्रममा निधन भएको छ। 

सार्वजनिक कार्यक्रममा भाग लिन ओडिसाको झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई प्रहरी असई गोपाल दासले गोली प्रहार गरेका हुन्। मन्त्री दास गाडीबाट ओर्लिने क्रममा असई दासले गोली हानेका थिए। गोली मन्त्रीको छातीमा लागेको थियो।  

गोली प्रहार गर्ने प्रहरी असई गोपाल दास पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।