प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ। शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको हो।

यस्तै तेजाबी सुन एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।