भन्सार कार्यालय नहुँदा भारतबाट ठुलो परिमाणमा सामान तस्करी हुने गरेको छ।
भैरहवा– द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा रुपन्देहीमा भारतबाट अवैधरूपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ। यसबाट राजस्व संकलनसमेत प्रभावित बनेको छ।
रुपन्देहीका सात छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालनमा छ। द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयलाई पनि मर्का परेको छ। रोहिणी गाउँपालिका–२ स्थित अमवा भन्सार कार्यालय चाँडो सञ्चालन गर्नुपर्ने आवाज उठ्दै गएको छ। भन्सार कार्यालय नहुँदा बेलहिया पुग्नुपर्ने बाध्यता छ।
उता नवलपरासीका पाँचवटै छोटी भन्सार कार्यालय सञ्चालनमा छन्। तर, रुपन्देहीमा एउटा मात्र सञ्चालनमा छ। केही समय सञ्चालनमा आएको थुम्हवा पिपरहवा छोटी भन्सार पनि बन्द छ। बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए। कर्मचारी अभावका कारण ती कार्यालय सञ्चालन गर्न नसकिएको भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए।
सीमामा छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन भारतमा पनि सोहीअनुसारको भन्सार कार्यालय स्थापना हुनुपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ छ। भारतबाट आउने नाकामा सहजताका लागि छोटी भन्सार स्थापना गरिएका थिए। बन्द रहेका कार्यालय सञ्चालन गर्न रोहिणी गाउँपालिकाले पटकपटक सम्बन्धित कार्यालयमा पत्राचार गरेको थियो।
रोहिणीका पूर्वअध्यक्ष सनोजकुमार यादव भन्सार नहुँदा सो स्थानबाट ठुलो परिमाणमा तस्करी हुने गरेको बताउँछन्। भन्सार प्रमुख पौडेलका अनुसार २०७८/७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ संकलन भएको थियो।
यस्तै कार्यालयले चालु आवको पुससम्म ७३ अर्ब ५४ करोड १९ लाख रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो। तर, ३५ अर्ब ४४ करोड २२ लाख रुपैयाँ मात्र संकलन भएको पोडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
