भिसामा हुने गरेको ढिलाई कम गर्न अमेरिकाले कर्मचारी थप्नेदेखि सेवा अवधि लम्बाउनेसम्मका उपाय अपनाउने बताएकाे छ।
कुनै भारतीय नागरिक अमेरिका जानुपरे भिसाका लागि ५ सय देखि ६ सय दिनसम्म पर्खनुपर्ने बाध्यता छ। कोभिड-१९ महामारीका कारण भारतका लागि भिसा प्रक्रिया प्रभावित भएको र यसले सेवा प्रवाहमा समेत अवरोध सिर्जना अमेरिकी मिसनले जनाएको छ। भिसा आउन ढिलाइ हुँदा थुप्रै भारतीय व्यापारी एवं सर्वसाधारणले सास्ती भोग्नुपरेको बीबीसीले जनाएको छ।
यही समस्या समाधान गर्न भन्दै अमेरिकी दूतावास र भारतस्थित यसका कन्सुलेट कार्यालयहरूले भिसाका लागि पर्खनुपर्ने समय घटाउन र भारतभर ‘भिसा प्रोसेसिङ’ बढाउन केही सुधारका प्रयास भने गरिरहेका छन्।
समस्या समाधानका लागि दिल्लीस्थित अमेरिकी दूतावास र मुम्बई, चेन्नई, कोलकाता तथा हैदरावादका कन्सुलेट शनिबारसमेत खुला रहने अमेरिकी मिसनले जनाएको छ। विशेष गरी भिसाका लागि अन्तर्वार्ता दिनुपर्ने मानिसहरूको सहजीकरणका लागि नयाँ शुरूआत गरिएको बताइएको छ।
यस्तै, मुम्बईस्थित महावाणिज्य दूतको दैनिक कार्यावधि बढाइनुका साथै, भारतका विभिन्न स्थानका कार्यालयमा स्थायी रूपमा नियुक्त हुने कन्सुलर अधिकारीहरूको संख्यासमेत थप गरिने अमेरिकी विदेश विभागको भनाइ छ।
साथै, आगामी मार्चसम्ममा वासिङ्टन र अन्य दूतावासमार्फत ‘प्रोसेसिङ’को क्षमता बढाउन दर्जनौँ अस्थायी कन्सुलर कार्यालय सञ्चालनको तयारी समेत भइरहेको छ।
मुम्बईका कन्सुलर प्रमुख जोन बलार्डद्वारा दूतावासको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय भ्रमणलाई सहज बनाउन र पखाईको समयलाई घटाउने आवश्यकतालाई हेर्दै हाम्रो कन्सुलर टोलीले भारतभर थप केही घण्टा बढी काम थालेको छौँ। यो अमेरिका जानका लागि रचनात्मक समाधानका लागि अपनाइएको प्रयास हो।”
हाल कामदार भिसामा अमेरिका जाने भारतीय नागरिकले भिसाका लागि ६० देखि २८० दिनसम्म तथा भ्रमण भिसामा जानेले करिब डेढ वर्ष पर्खनुपर्छ। भिसाका लागि पर्खनुपर्ने अवधि पछिल्लो समय सुधार भएर डेढ वर्षमा झरेको हो। यसअघि सन् २०२२ मा अमेरिका जान आवेदन दिएका केहीले त तीन वर्षसमेत पर्खनुपरेको बीबीसीले जनाएको छ।
बेइजिङ र कोलम्बोजस्ता एशियाली शहरहरूका आवेदकहरूले अमेरिकाको भिसाका लागि औसतमा ३५ दिनसम्म पर्खनुपर्ने अमेरिका विदेश विभागले जनाएको छ। भारतमा तुलनात्मक रूपमा धेरै समय लागिरहेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
