राष्ट्रिय टोलीका एक अलराउन्डरले एउटा खेलमा अस्वाभाविक रूपमा 'नो बल' फ्याँकेको सीआईबीले जनाएको छ। उनीसहित १० खेलाडीविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै सीआईबीले प्रतिवेदन बुझाएको छ।
काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गर्ने नेपाली र विदेशी गरेर १० जना खेलाडीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।
एक जना राष्ट्रिय टोलीकै खेलाडी पनि स्पट फिक्सिङमा मुछिएका छन्। "राष्ट्रिय टोलीका अलराउन्डर पनि दोषी पाइएका छन्। उनलाई पक्राउ गर्ने तयारी गरिएको छ", सीआईबीका एक अधिकारीले भने। उनले एक खेलमा अस्वाभाविक रूपमा 'नो बल' फ्याँकेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुस ८ देखि २७ गतेसम्म भएको प्रतियोगितामा म्याच र स्पट फिक्सिङ भएको चर्चापछि गृह मन्त्रालयले अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको थियो। सीआईबीले अनुसन्धानपछि प्रतियोगितामा १० खेलाडी स्पट फिक्सिङमा मुछिएको निष्कर्ष निकालेको हो। "हामीले अनुसन्धान सकेर फाइल हेडक्वाटरमा बुझाइसकेका छौँ। छानबिनको क्रममा नेपाली, भारतीय र विदेशीसहित १० खेलाडी दोषी पाइएका छन्", सीआईबीका ती अधिकारीले भने।
गत पुस १९ गते बिहान नेपाल टी-२० लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै फिक्सिङ गराउने क्रियाकलाप देखेको दाबी गरेका थिए। उनले अहिले म्याच फिक्सिङभन्दा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका थिए।
“आजकाल म्याच फिक्सिङ हुँदैन, स्पट फिक्सिङ हुन्छ। जारी लिगमा फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ। स्पट फिक्सिङले नतिजामा असर गर्दैन, तर भएको छ”, उनले भनेका थिए। आफूले देखेको फिक्सिङका विषयमा सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनको दाबी छ। सोही दिन दिउँसो विराटनगर सुपरकिङ्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङ गर्न अफर आएको बताएका थिए।
त्यसपछि गृहमन्त्रालयले अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको थियो। सीआईबीले पुस २१ गते क्यानका अध्यक्ष चन्द र पूर्वकप्तान तथा म्यानेजर दासलाई बोलाएर बयान लिएको थियो। कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारीलगायत राष्ट्रिय टोलीमा रहेका र नरहेका खेलाडीहरूसँग पनि सोधपुछ गरेको थियो।
यो पनि : 'स्पट फिक्सिङ’ छानबिन : प्रहरीमा क्रिकेट विज्ञ नहुँदा अल्मलियो सीआईबी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
