महँगी बढ्दा ब्याजदर पनि बढाउने अन्य मुलुकको चलनलाई तोड्दै जापानले ब्याजदर भने नबढाउने नीति लिएको छ। यसलाई तत्काल सच्याउनुपर्ने अर्थविद्हरूको भनाइ छ।
जापानमा दैनिक उपभोग्य सामग्रीको मूल्य ४१ वर्षयताकै उच्च देखिएको छ। गत महिना प्रमुख उपभोग्य सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढेको बैंक अफ जापान (बीओजे) को तथ्यांक छ। यो संख्या बीओजेको लक्ष्यभन्दा दुईगुणा बढी हो।
मुद्रास्फीतिमा गिरावट आएपछि दैनिक जीवनयापन सहज बनाउनका लागि जापानको केन्द्रीय बैंकलाई ब्याजदर बढाउने दबाब सृजना गरेको बीबीसीले उल्लेख गरेको छ। जापानको मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको हो। खाद्यान्नदेखि इन्धनसम्मको मूल्यमा वृद्धि हुँदा पनि यसै साता बीओजेले आफ्ना लगानीकर्तालाई करिब शून्य ब्याजदरमा कायम गर्ने घोषणा गर्दै सेवाग्राहीलाई आश्चर्यमा पारेको थियो।
“केही समयता उपभोग्य मूल्यको तुलनामा उत्पादक मूल्य तीव्र दरले बढिरहेको छ। तर अहिले कम्पनीहरूले आफ्नो लागतको भार उपभोक्तामाथि थोपरिरहेका छन्” म्याक्वायर समूहका जापान इक्वीटी रिसर्च प्रमुख डेमियन थोङ भन्छन्, “बीओजेले आफ्नो ऋणात्मक ब्याजदर नीतिलाई तत्काल रोक्नेछ भन्ने हामीलाई विश्वास छ।” मुद्रास्फीतिलाई समग्र रूपमा हेर्न उत्पादक मूल्य मानक रहँदै आएको छ। जबकि उपभोग्य सामग्रीले घरायसी सामग्री र सेवामा कति खर्च भएको छ भन्ने चित्रण गर्छ।
मूल्यवृद्धि भएपनि अन्य मुलुकको तुलनामा जापानको मुद्रास्फीति दर कम देखिएको बीबीसीले उल्लेख गरेको छ। विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानले गत वर्षको तुलनामा ब्याजदर बढाउने अन्य मुलुकको चलनलाई तोडेको हो।
बुधबार मात्रै बीओजेले ब्याजदर करिब शून्यमै राखेको थियो। जसका कारण अन्य शक्तिशाली मुद्राको तुलनामा जापानी मुद्रा (यन) कमजोर बनेको थियो।
डिसेम्बर महिनामा अमेरिकामा ६ दशमलव ५ प्रतिशत, युरोपमा ९ दशमलव २ प्रतिशत र बेलायतमा १० दशमलव ५ प्रतिशत मुद्रास्फीति रहेको पछिल्लो सरकारी आँकडाले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
