लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी अक्टोबर ३१ मा कन्सर्ट गर्ने भएको छ।
काठमाडौँ– लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी अक्टोबर ३१ मा कन्सर्ट गर्ने भएको छ। कन्सर्टको घोषणा भएपछि सिक्किम सरकारले समेत आयोजनाप्रति अपनत्व देखाएको छ।
भारतको ८०औँ गणतन्त्र दिवसका अवसरमा गान्तोकमा आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपथ्य कन्सर्टका लागि तयार गरिएको विशेष टिसर्ट र टिकट सार्वजनिक गरेका थिए। गान्तोकको पाल्जोर स्टेडियममा हुने कन्सर्ट सिक्किममा नेपथ्यको चौथो प्रस्तुति हुनेछ।
यसअघि नेपथ्यले सिक्किममा तीन पटक प्रस्तुति दिइसकेको छ। ब्याण्डका मुख्य गायक अमृत गुरुङले सिक्किमका दर्शकबाट प्रत्येक यात्रामा न्यानो स्वागत पाउँदै आएको भन्दै यसपटकको कन्सर्टलाई लिएर आफूहरू उत्साहित रहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
