आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

लिग–२ को अंकतालिकामा नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल ३१ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
नेपाल क्रिकेट संघ
फाइल तस्वीर

काठमाडौँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्स्चाल्करवीर्डमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरू हुनेछ।

लिग–२ को अंकतालिकामा नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल ३१ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ। शीर्ष चार टोली विश्वकप छनोट प्रतियोगितामा पुग्ने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ।

नेपाल जारी शृंखलामा नेदरल्यान्ड्ससँग यसअघि खेलेको खेलमा ६ विकेटले हारेको थियो भने नामिबियासँगका दुवै खेलमा पराजित भएको छ।

शृंखलाको अन्तिम खेल जित्दै नेपाल अंकतालिकामा दुई अंक जोड्ने लक्ष्यमा हुनेछ। लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् र प्रतियोगिताको शीर्ष चार टोली विश्वकप छनोटमा प्रवेश गर्नेछन्।